Leviticus 15:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तो प्रमेह रोग भएको मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना कपडा धुनु र नुहाउनुपर्छ अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘त्यस रोगी मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यसले आफ्ना लुगा धुनुपर्छ, र आफै पनि नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि धातुस्राव बग्ने मानिसले कुनै शुद्ध मानिसलाई थुक्यो भने त्यस मानिसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्; अनि त्यो साँझसम्म अशुद्ध रहनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि यस्तो रोगीले कुनै मानिसलाई थुक्यो भने, उसले पानीमा नुहाएर आफ्नो लुगा धोओस् अनि साँझसम्म अशुद्ध रहने छ।