Leviticus 16:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि त्यसले पापबलिको बोको मानिसहरूका लागि मारोस् र त्यसको रगत महा-पवित्रस्थानमा ल्याओस्। त्यो रगत त्यसले कृपा-आसनमाथि र करारको सन्दुकको अघिपट्टि साँढेको रगत छर्केजस्तै गरी छर्कोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब त्यसले मानिसहरूका निम्ति पापबलिको बोका मारोस्, र त्यसको रगत पर्दाभित्र ल्याएर साँढ़ेको रगतजस्तै कृपा-आसनमाथि र कृपा-आसनको सामुन्ने छर्कोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि त्यसले मानिसहरूका निम्ति पाप शुद्धीकरण बलिको बोकालाई मारोस्। अनि त्यसको रगत पर्दाको पछिल्तिर लगेर त्यसलाई साँढेको रगतलाई गरेझैँ गरोस्, अर्थात् पाप समाधान-स्थानको सामु त्यसले बोकाको रगतलाई साँढेको रगतमाथि छर्कोस्।
Nepali ERV (पवित्र बाइबल)
“तब हारूनले मानिसहरूकोलागि पापबलिको बलि दिनेछ। हारूनले पर्दा पछाडीको कोठामा बोकोको रगत ल्याउनु पर्छ। उसले साँढेको रगतले जे गरेको थियो बोकाको रगतले पनि त्यसै गर्नु पर्छ। उसले विशेष आवरणअघि अनि माथि बोकाको रगत छर्कनु पर्छ।