Leviticus 16:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हारून महा-पवित्रस्‍थानमा शुद्धीकरणको विधि पूरा गर्नलाई पसेको समयदेखि बाहिर निस्‍की आउञ्‍जेलसम्‍म पवित्र पालमा कोही पनि मानिसहरू हुनुहुँदैन। जब त्‍यसले आफू, आफ्‍ना परिवार र सारा जन-समूहका निम्‍ति त्‍यो विधि पूरा गरिसक्‍छ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब हारून प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा पस्‍छ, त्‍यसले आफ्‍नो निम्‍ति, आफ्‍नो घरानाको निम्‍ति र इस्राएलको जम्‍मै समुदायको निम्‍ति प्रायश्‍चित गरेर नफर्कुञ्‍जेल भेट हुने पालमा कुनै मानिस पनि नरहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हारून महा-पवित्रस्थानभित्र प्रायश्‍चित गर्न गएको बेलादेखि त्यसले आफू, आफ्ना घराना र इस्राएलका सारा समुदायका निम्ति प्रायश्‍चित गरेर बाहिर नआएसम्म कोही पनि भेट हुने पालभित्र हुनुहुँदैन।
Nepali ERV (पवित्र बाइबल)
हारून महा पवित्र स्थानमा यसलाई अनि मानिसहरूलाई शुद्ध पार्न गएको समयमा भेट हुने पालमा कोही मानिस पनि नहोस्। जबसम्म हारून बाहिर आउँदैन तबसम्म त्यहाँ कोही मानिस नजाऊन्। यसकारण, हारून र उनको परिवार शुद्ध होऊन। अनि इस्राएलका सम्पूर्ण मानिसहरूलाई उनले शुद्ध पार्नेछन्।