Leviticus 16:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्यो होमबलिको वेदीमा राखी त्यसलाई पवित्र गरोस्। त्यसले साँढे र बोको दुवैको रगत अलि-अलि मिसाएर वेदीको चार कुनाका चोसाहरूमा पूरा खन्याइदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तब त्यसले बाहिर वेदीमा गएर परमप्रभुको सामुन्ने त्यसको निम्ति प्रायश्चित गरोस्। अनि साँढ़े र बोकाको रगतबाट केही लिएर वेदीका चारैतिरका सीङहरूमा लगाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि त्यो निस्केर याहवेहको सामु भएको वेदीमा आओस्। अनि त्यसको निम्ति प्रायश्चित गरोस्। त्यसले साँढेको रगत र बोकाको रगतबाट केही लिएर त्यसलाई वेदीका सिङहरूमाथि लगाओस्।
Nepali ERV (पवित्र बाइबल)
तब हारून बाहिर परमप्रभुकोअघि वेदी समक्ष यसलाई शुद्ध पार्नु जाने छन्। साँढे अनि बोकाको अलिकति रगत लिने छन् अनि वेदीको सबै कूनाहरूमा घस्ने छन्।