Leviticus 16:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले भन्नुभयो, “तेरो दाजु हारूनलाई भन् कि त्यो उचित समयमा मात्र पर्दापछाडि भएको महा-पवित्रस्थानमा जाओस् किनभने त्यहाँ म करारको सन्दुकको कृपा-आसनमाथि बादलभित्र देखापर्नेछु। यो आज्ञा मानेन भने त्यो मारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मोशालाई भन्नुभयो, तेरो दाजु हारूनलाई सन्दूकमाथि भएको कृपा-आसनको सामुन्ने पर्दाभित्र महा-पवित्रस्थानमा मनपरी नआओस् भन्। नत्रता त्यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई भन्नुभयो: “तेरो दाजु हारूनलाई भन्, त्यसलाई मन लागेको जुनसुकै बेला सन्दुकमाथि भएको पाप समाधान-स्थानको सामु पर्दाको पछाडिको महा-पवित्रस्थानमा नआओस्, नत्रता त्यो मर्नेछ। किनकि पाप समाधान-स्थानमाथि म बादलमा देखा पर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “तेरो दाज्यू हारूनलाई भन। उसलाई सम्झाऊ उसको इच्छा अनुसार जतिबेला चाह्यो त्यतिबेला पर्दा पछाडी महा-पवित्रस्थान जहाँ पवित्र सन्दूक राखिएको छ त्यहाँ कहिले पनि नजाऊन। यस पवित्र सन्दूकमाथि भएको कृपा-आसन छ अनि म त्यो कृपा-आसनमाथि बादलमा दर्शन दिन्छु। यदि हारून त्यस कोठामा गए ऊ मर्न सक्छ।