Leviticus 16:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पापबलिको निम्‍ति चढाइएको साँढे र बोका जसका रगत पाप काट्‍न महा-पवित्रस्‍थानमा लगिएको थियो, तिनका सिनु छाउनीबाहिर लगेर जलाइनुपर्नेछ। छाला, मासु र आन्‍द्रा-भुँडी सबै जलाइनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
रगतद्वारा प्रायश्‍चित गर्नलाई महा-पवित्रस्‍थानमा ल्‍याइएका पापबलिका साँढ़े र बोका दुवैलाई छाउनीदेखि बाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर आगोमा जलाइदिनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रायश्‍चितको लागि महा-पवित्रस्थानभित्र जसको रगत ल्याइएको थियो; पाप शुद्धीकरण बलिको त्यो साँढे र बोकालाई छाउनीबाहिर लगेर तिनीहरूका छाला, मासु र गोबर जलाइयोस्।
Nepali ERV (पवित्र बाइबल)
“पवित्र चीजहरू शुद्ध पार्न महा पवित्रस्थानमा ल्याइएका पापबलिको साँढे र बोकोलाई पाल बाहिर ल्याउनु पर्छ। पूजाहारीले तिनीहरूको छाला, शरीर र गोबर आगोमा जलाउनेछन्।