Leviticus 16:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आउँदा दिनहरूमा सधैँ यी नियमहरू मानिनुपर्छ। सातौँ महिनाको दशौँ दिनमा इस्राएलीहरू र तिनका बीचमा बस्‍ने विदेशीहरू उपवास बसेर केही काम नगरून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका लागि यो एउटा रहिरहने विधि ठहरियोस्ः सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफैँलाई इन्कार गर्नू। अनि तिमीहरूले चाहे घरमा जन्मेको होस् अथवा तिमीहरूका बीचमा बस्‍ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“यो विधि तिमीहरूको निम्ति सदा-सर्वदा चलिरहने छ। सातौं महीनाको दशौं दिन, तिमीहरूले भोजन लिनु हुँदैन। तिमीहरूले कुनै काम गर्नु हुँदैन। तिमीहरूको देशमा बस्ने यात्रीहरू अथवा विदेशीहरू कसैले पनि कुनै काम गर्ने छैन।