Leviticus 16:34 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यी नियमहरू आउँदा दिनहरूमा सधैँ मानिनुपर्नेछ। यी विधिचाहिँ वर्षेनी एकपल्ट इस्राएलीहरूलाई आफ्ना सारा पापदेखि शुद्ध पार्नलाई पूरा गरिनुपर्नेछ। मोशाले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यो तिनीहरूका निम्ति अनन्तको विधि होस्: वर्षको एक पल्ट इस्राएलीहरूका सारा पापका निम्ति प्रायश्चित गरिओस्।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्यसरी नै गरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यो तिमीहरूका निम्ति रहिरहने विधि होस्: इस्राएलीहरूका सबै पापहरूका निम्ति वर्षमा एक पल्ट प्रायश्चित गरियोस्।” अनि याहवेहले आज्ञा गर्नुभएबमोजिम नै मोशाले गरे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूलाई शुद्ध पार्ने विधि सदा सर्वदा चलिरहनेछ। तिमीहरूले वर्षमा एक चोटी यी सबै कार्यहरू गर्नु पर्छ। किन? किनभने इस्राएलका मानिसहरूको पाप कर्मले गरेको थिए।” यसर्थ परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार तिनीहरूले कामहरू गरे।