Leviticus 17:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै इस्राएली वा त्‍यस समाजमा बास गर्ने विदेशीले रगतैसितको मासु खायो भने परमप्रभु त्‍यसको विरुद्धमा खडा हुनुहुन्‍छ र त्‍यसलाई मेरो आफ्‍नो जन हो भनी ग्रहण गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘इस्राएलीहरू वा तिनीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले रगत खायो भने, त्‍यो रगत खानेको म विरोध गर्नेछु, र त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘इस्राएलीहरू वा तिनीहरूसित बस्‍ने कुनै पनि परदेशी, जसले रगत खान्छ, म त्यो रगत खानेको विरोध गर्छु। अनि म त्यसलाई त्यसका मानिसहरूदेखि बहिष्कार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।