Leviticus 17:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसैकारण परमप्रभुले इस्राएलीहरूलाई भन्नुभएको छ कि तिनीहरूले वा तिनीहरूका माझमा बास गर्ने कुनै विदेशीले रगतसँगको मासु नखाऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमीहरू अथवा तिमीहरूसँग वास गर्ने परदेशीहरूमा कसैले पनि रगत नखानू भनी मैले इस्राएलीहरूलाई भनेको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म इस्राएलीहरूलाई भन्छु, “तिमीहरू कसैले पनि रगत नखानू, न त तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले नै रगत खाओस्।”
Nepali ERV (पवित्र बाइबल)
यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।