Leviticus 17:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै इस्राएली वा त्‍यस समाजमा बास गर्ने विदेशीले विधिअनुसार पशु वा पंक्षीको शिकार गर्छ भने त्‍यसको रगत त्‍यसले भूइँमा खन्‍याइदिनुपर्छ र त्‍यसलाई माटोले पुरिदिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्‍ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्‍छ, त्‍यसले त्‍यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्‍यो भने त्यसले रगत निथारेर माटोले पुरोस्।
Nepali ERV (पवित्र बाइबल)
“इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते; उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्।