Leviticus 17:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलीहरूले खुल्ला ठाउँमा मार्ने गरेका पशुहरू अब तिनीहरूले परमप्रभुकहाँ ल्याऊन् भन्ने आज्ञाको अर्थ हुनेछ। अबदेखि तिनीहरूले ती पशुहरू पवित्र पालको ढोकामा पूजाहारीकहाँ ल्याई मेलबलिको रूपमा मार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यो आज्ञा यस हेतुले दिइएको हो, कि इस्राएलीहरूले आफ्ना बलि बाहिर मैदान हुँदो नचढ़ाऊन्। तिनीहरूले पूजाहारीकहाँ भेट हुने पालमै ल्याएर ती परमप्रभुकहाँ मेलबलिको रूपमा चढ़ाउनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो आज्ञा यस हेतुले दिइएको हो कि इस्राएलीहरूले आफ्ना बलिदान खुल्ला मैदानमा चढाउँछन्, जुन अबदेखि याहवेहका सामु चढाऊन्। तिनीहरूले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर याहवेहकहाँ मेलबलिको रूपमा चढाउनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ।