Leviticus 17:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब उसो इस्राएलीहरू परमप्रभुप्रति अविश्वासी हुनुहुन्न अनि तिनीहरूले आफ्ना पशुहरू वन-देवतालाई मैदानमा बलि चढाएर मार्नेछैनन्। इस्राएलका मानिसहरूले आउँदा दिनहरूमा सधैँभरि यो नियम मान्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले अब बाख्रारूपी मूर्तिहरूलाई पुजेर आफ्ना बलिदानले आफैलाई वेश्या नबनाऊन्। तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्तौँका निम्ति यो अनन्तको विधि होस्।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले अब उसो बाख्रारूपी मूर्तिहरूलाई बलिदान नचढाऊन्, जससँग तिनीहरू व्यभिचार गर्छन्; तिनीहरू र तिनीहरूका पुस्तौँ-पुस्ताका निम्ति यो रहिरहने विधि होस्।’
Nepali ERV (पवित्र बाइबल)
अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। त्यसरी तिनीहरूले वेश्याहरू सरह आचरण गरे। यी नियमहरू सधैंका लागि चल्नेछन्।