Leviticus 18:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[26-27] तिनीहरूले यी सबै घिनलाग्‍दा कामहरू गरेर देशलाई अशुद्ध तुल्‍याए तर तिमीहरूले ती काम नगर्नू। तिमी इस्राएलीहरू र तिम्रा माझमा बास गर्ने विदेशीहरू सबैले परमप्रभुका नियम र आज्ञाहरू मान्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर चाहे स्‍वदेशी होस्, चाहे तिमीहरूका बीचमा प्रवास गर्ने परदेशी होस्, तिमीहरूले मेरा विधिविधानहरू पालन गर्नू, र यस्‍ता घिनलाग्‍दा कामहरू नगर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीहरूले मेरा उर्दी र आज्ञाहरू पालन गर्नू। स्वदेशमा जन्मेका अथवा तिमीहरूसित बस्‍ने परदेशीहरूले यस्ता घिनलाग्दा कुनै पनि काम नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“यसर्थ तिमीहरूले मेरा विधि-विधानहरू मान्नुपर्छ र तिमीहरूले कुनै पनि त्यस्ता अधर्म पाप कर्म गर्नु हुँदैन। यी विधानहरू इस्राएलीहरूका निम्ति हुन्, अनि यी नियमहरू तिमीहरूसँगै त्यहाँ बस्नेहरूका निम्ति पनि हुन्।