Leviticus 18:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब त्‍यो देशले जसरी तिमीहरूभन्दा अघि बसोबास गर्ने त्यहाँका बासिन्दाहरूलाई देश अशुद्ध गरेको कारणले धपाइदिएको थियो, त्‍यसरी तिमीहरूलाई चाहिँ धपाइदिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा विधिविधान पालन नगरेर यदि तिमीहरूले त्‍यस देशलाई अशुद्ध पार्‍यो भने त्‍यसका पूर्वबासिन्‍दालाई झैँ तिमीहरूलाई पनि त्‍यसले उकेलेर फ्‍याँकिदिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि यदि तिमीहरूले देशलाई अपवित्र तुल्यायौ भने त्यसले तिमीहरूभन्दा पहिलेका जातिहरूलाई ओकलेर फालिदिएझैँ, तिमीहरूलाई पनि ओकलेर फालिदिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरूले पनि त्यसै गर्यौ भने ती पहिलेका मानिसहरूलाई जसरी त्यो भूमिले हटाएको थियो तिमीहरूलाई पनि हटाउनेछ।