Leviticus 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेश, जहाँ तिमीहरू एक समय बास गर्थ्‍यौ वा कनान देश, जहाँ म तिमीहरूलाई लैजान्‍छु, त्‍यहाँका मानिसहरूका चालमा तिमीहरू नचल्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले प्रवास गरेको मिश्रीका रीतिथिति नमान्‍नू। अनि अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु, यसकारण त्‍यहाँका रीतिथिति र विधिहरू पनि नमान्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले प्रवास गरेको इजिप्टियनहरूले गरेका कामहरूझैँ नगर। अब म तिमीहरूलाई कनान देशमा लैजाँदैछु। यसकारण त्यहाँका मानिसहरूले गर्ने कामहरूझैँ नगर। तिनीहरूका विधि-विधानहरूलाई नपछ्याऊ।
Nepali ERV (पवित्र बाइबल)
बितेका दिनहरूमा तिमीहरू मिश्रदेशमा थियौ मिश्रीहरूले त्यो देशमा गरिरहेका छन्। म तिमीहरूलाई कनान देशमा लैजाँदैछु यसर्थ तिमीहरूले त्यस्तो केही नगर जे त्यस ठाउँमा ती मानिसहरू गर्छन्। तिनीहरूको दस्तुर नमान्नु।