Leviticus 18:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूसित एउटै घरमा हुर्केकी होस् वा नहोस्, आफ्‍नी दिदी वा बहिनी वा झट्केली दिदी वा बहिनीसित सम्‍भोग नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले आफ्‍नी साक्‍खै दिदी-बहिनी अथवा आफ्‍ना आमा वा बुबापट्टिकी झट्‌केली छोरीसित सहवास नगर्‌— त्‍यो आफ्‍नै घरमा होस्‌ कि बाहिर जन्‍मेर बढ़ेकी होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नी बहिनीसित अर्थात् आफ्ना बुबाको छोरी वा आमाकी छोरी, चाहे त्यो एउटै घरमा वा कहीँकतै जन्मेकी होस्, त्यससित सहवास नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
बहिनी आमापट्टिको होस् अथवा बाबुपट्टिको अथवा उनी तिम्रै घरमा जन्मिएको होस् अथवा बाहिरबाट नै आएकी होस्, उनीसित तिमीले सहवास गर्नु हुँदैन।