Leviticus 19:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टिप्‍दा छाडिएका वा भूइँमा झरेको अङ्‌गुर टिप्‍न फर्केर दाखबारीमा फेरि नजानू, ती गरीब र विदेशीहरूका लागि छोडिदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले आफ्‍नो दाखबारीका फल निखारीकन नटिप्‍नू, अनि दाखबारीमा झरेका फलहरू नबटुल्‍नू। तीचाहिँ गरीब र परदेशीहरूका निम्‍ति छोड़िदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू आफ्नो दाखबारीमा दोस्रो पल्ट नजानू, अथवा झरेका अङ्‌गुर नटिप्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
जब तिमीहरू अंङ्गूरको बोटबाट अंङ्गूर टिप्छौ, सबै अंङ्गूर न टिप अथवा झरेको अंङ्गूर नटिप। तिनीहरूको भूमिमा भएका गरीब अनि विदेशीहरू निम्ति छाडी देऊ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।