Leviticus 19:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैसँग बदला नलेऊ वा कसैलाई घृणा गरी नबस तर आफ्‍ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘आफ्‍ना आफन्‍तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्‍नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्ना मानिसहरूका विरुद्धमा बदला नलिनू, अथवा डाह नगर्नू; तर आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू; म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिमीप्रति गरेका अनिष्ट कामहरू बिर्सिदेऊ। तिम्रा छिमेकीहरूलाई आफूलाई झैं माया गर। म परमप्रभु हुँ।