Leviticus 19:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसित आफ्‍ना इस्राएली सङ्गीहरूसित गरेझैँ व्‍यवहार गर। आफैंलाई जस्‍तै तिनीहरूलाई प्रेम गर। याद राख कि तिमीहरू पनि एक समय मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले त्‍यसलाई आफ्‍नै देशमा जन्‍मेको जस्‍तै ठान्‍नू। तिमीहरूले त्‍यसलाई आफूलाई झैँ प्रेम गर्नू, किनभने तिमीहरू पनि मिश्रमा परदेशी थियौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूसित बस्‍ने परदेशीलाई स्वदेशमा जन्मेकालाई झैँ व्यवहार गर्नुपर्छ। त्यसलाई आफूलाई झैँ प्रेम गर्नू। किनकि तिमीहरू पनि इजिप्टमा परदेशी थियौ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूलाई माया गर जस्तो आफूलाई गर्छौ किनभने तिमीहरू पनि मिश्रको भूमिमा विदेशी थियौ। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ।