Leviticus 2:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले परमप्रभुलाई अन्‍नबलि चढाउँछ भने त्‍यसलाई पहिले पिंधेर पिठो पार्नुपर्छ। त्‍यसमा त्‍यसले जैतुनको तेल हालोस् र माथिबाट धूप राखोस्
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कसैले परमप्रभुको निम्‍ति अन्‍नबलिको भेटी चढ़ाउँछ भने त्‍यसको भेटी मसिनो पीठोको होस्‌। त्‍यसले त्‍यसमाथि तेल खन्‍याएर धूप हालोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘कसैले याहवेहका निम्ति अन्‍नबलि ल्याउँछ भने त्यसको भेटी मसिनो पिठोको होस्। त्यसले त्यसमाथि जैतुन तेल खन्याओस्, र त्यसमा धूप हालोस्।
Nepali ERV (पवित्र बाइबल)
“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।