Leviticus 2:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक अन्नबलिमा नुन लगाउनू किनभने नुनले परमेश्वर र तिमीहरूका बीचमा रहेको करार बुझाउँदछ। (आफ्ना सबै बलिमा तिमीहरूले नुन हाल्नू।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना सबै अन्नबलिका भेटी तिमीहरूले नूनले नुनिलो बनाउनू, र आफ्ना परमेश्वरका करारको नूनरहित आफ्नो कुनै पनि अन्नबलि हुन नपाओस्। आफ्ना सबै बलिमा नून पनि चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका सबै अन्नबलिहरूमा नुन मोल्नू। तिमीहरूका परमेश्वरको करारको नुनलाई तिमीहरूका अन्नबलिदेखि अलग नराख्नू। तिमीहरूका सबै बलिहरूमा नुन चढाउनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीले प्रत्येक अन्नबलिमा न्नहालेर ल्याउनुपर्छ। परमेश्वरसित गरेको न्नको करार तिम्रो अन्नबलिबाट हराउनु हुदैन। तिमीले आफ्नो बलि न्नसँगै ल्याउँनुपर्छ।