Leviticus 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चुलोमा पकाएको रोटी अन्‍नबलि चढाउँछ भने त्‍यसलाई खमिर नमिसाई बनाउनुपर्नेछ। त्‍यो पिठो र जैतुनको तेल मुछेर बनेको मोटो रोटी होस् कि त जैतुनको तेल दलेको स-साना रोटी होऊन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘चुलोमा पकाइएको अन्‍नबलिको भेटी चढ़ाउने इच्‍छा भए, तेलमा मुछेको अखमिरी मसिनो पीठोको फुरौला वा तेल दलेको अखमिरी बाबर होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिमीहरूले चुलोमा पकाएको अन्‍नबलि ल्यायौ भने यो मसिनो पिठोका खमिर नमिसाइएको र तेल मिसाइएका फुरौलाहरू अथवा तेल दलेका अखमिरी बाबर होस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमी चुलामा पकाएको अन्नबलि चढाउँछौ भने, तेलमा मुछेको अखमिरी मसिनो पिठोको फुलौरा अथवा तेल हालेको अखमिरी रोटी होस्।