Leviticus 2:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्नबलि पूरै परमप्रभुलाई चढाएको चिन्हको रूपमा पूजाहारीले त्यसबाट एक भाग लिएर वेदीमाथि डढाओस्। त्यस अन्नबलिको मीठो बास्नाले परमप्रभुलाई खुसी पार्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि पूजाहारीले अन्नबलिबाट सम्झना स्वरूप भाग झिकेर त्यो परमप्रभुलाई मन पर्ने मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि स्वरूप वेदीमा जलाऊन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस पुजारीले अन्नबलिबाट सम्झनाको भाग निकालेर याहवेहलाई मनपर्ने बास्नाझैँ अग्निबलिको रूपमा वेदीमाथि जलाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीले अन्नभेटीको केही भाग छुट्याउनुपर्छ अनि यसलाई स्मरणीय भेटीको रूपमा जलाउनुपर्छ, अनि वेदीमा परमप्रभुलाई सुगन्धित भेटीको रूपमा चढाउनु पर्छ।