Leviticus 20:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले आमा र छोरी दुवैलाई राख्यो भने तीनै जनालाई तिनीहरूले गरेको लाजमर्दो कामको निम्ति आगोमा जलाएर मारिनुपर्छ, तिमीहरूका बीचमा यस्तो कुरा हुनुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कुनै मान्छेले आमा र छोरी दुवैलाई राख्यो भने त्यो दुष्कर्म हो। त्यो ती दुवैसँग जलाइनुपर्छ, र तिमीहरूका बीचमा यस्तो दुष्कर्म नहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै मानिसले आमा र छोरी दुवैलाई विवाह गर्छ भने त्यो दुष्टता हो। त्यसलाई ती दुवैसँग आगोमा जलाइनुपर्छ, ताकि तिमीहरूका बीचमा कुनै दुष्टता नरहोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि एकजना मानिसले आमा र छोरी दुवैसँग शारिरिक कर्म गर्छ यो व्यभिचार पाप हो। तिमीले मानिसहरूमा यस्तो व्यभिचार हुन दिनु हुँदैन। तिमीले मानिस अनि स्त्री दुवैलाई आगोमा जलाउनु पर्छ।