Leviticus 20:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही मानिसले आफ्नै वा झट्केली दिदी वा बहिनीलाई राख्यो भने तिनीहरूलाई सारा जन-समूहको सामुन्ने अपमान गरेर समाजबाट धपाइदिनू। त्यसले आफ्नी दिदी वा बहिनीसित सम्भोग गरेको छ र त्यसको फल भोग्नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘कसैले आफ्नी बहिनी, अर्थात् आफ्ना बुबा वा आमापट्टिकी छोरी विवाह गरेर तिनीहरूले यौन सम्बन्ध राखे भने त्यो लाजमर्दो कुरा हो। ती दुवै आफ्ना मानिसहरूका बीचबाट बहिष्कार गरिऊन्। त्यसले आफ्नै बहिनीको अनादर गरेको छ। त्यो आफ्नो अपराधको निम्ति उत्तरदायी हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै मानिसले आफ्नी बहिनी अर्थात् आफ्नो बुबा वा आमाकी छोरीलाई विवाह गर्छ र त्यससित सहवास गर्छ भने त्यो अपराध हो। त्यो आफ्ना मानिसहरूका दृष्टिमा बहिष्कृत हुनैपर्छ। त्यसले आफ्नी बहिनीको अपमान गरेको छ, र त्यो जिम्मेवार ठहराइनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै दाज्यूभाई आफ्नी बहिनी अथवा सौतेनी बहिनीसित लैंगिक कर्म गर्छ, यो लाजमर्दो कुरा हो। तिनीहरूलाई जनताअघि दण्ड दिनुपर्छ र आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ। आफ्नी दिदीबहिनीसित जुन मानिसले शारिरिक कर्म गर्छ उसलाई उसको पापको निम्ति दण्ड दिनैपर्छ।