Leviticus 20:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मासिक-धर्म हुँदै गरेकी स्‍त्रीसित कसैले सम्‍भोग गर्छ भने तिनीहरू दुवैलाई जन-समूहबाट बाहिर निकालिदिनू किनभने तिनीहरूले विधिअनुसार शुद्ध रहने नियम तोड्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘रजस्‍वलाको समयमा कुनै मानिसले स्‍त्रीसित सहवास गर्‍यो भने ती दुवै आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिऊन्, किनभने त्‍यस पुरुषले स्‍त्रीका रगतको मूल देखायो र स्‍त्रीले चाहिँ आफ्‍नो रगतको मूल देखाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कुनै मानिसले स्त्रीसित त्यसको रजस्वलाको समयमा सहवास गर्‍यो भने त्यसले उसको रक्तस्रावको मूललाई उदाङ्गो बनाएको छ। अनि त्यसले पनि त्यो खोलिदिएकी छे। ती दुवै आफ्ना मानिसहरूबाट बहिष्कृत हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिस रजस्वलाको समयमा स्त्रीसित लैंगिक सम्बन्ध राख्छ भने स्त्रीपुरूष दुवैलाई तिनीहरूका मानिसहरूबाट छुट्‌याउनु पर्छ। तिनको रगतको मूल देखाएर तिमीहरूले पाप गरेका छौ।