Leviticus 20:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैले ठूली आमा, सानी आमा वा फुपूसित सम्‍भोग गर्‍यो भने त्‍यसको फल ती दुवैले भोग्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तैंले आफ्‍ना बुबा वा आमाकी दिदी-बहिनीसित सहवास नगर्‌। कारण यसबाट नजिकका साइनोको अनादर हुन्‍छ। तिनीहरू आफ्‍नो अपराधको निम्‍ति उत्तरदायी हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘आफ्नी आमाकी अथवा बुबाकी दिदीबहिनीसित सहवास नगर्नू। किनकि त्यसद्वारा आफ्नो नजिकको नातेदारको अपमान हुनेछ। तिमीहरू दुवै त्यसको जिम्मेवार हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“तिमीले आफ्नी फुपु अथवा काकीसित लैंगिक सम्बन्ध राख्नु हुँदैन यो सगोत्र सम्भोग हो र तिम्रो पापको निम्ति तिमीले दण्ड पाउनु पर्छ।