Leviticus 20:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि कसैले आफ्‍नो एउटा बालक मोलेखलाई दिएर मेरो पवित्र पाल अशुद्ध पार्‍यो अनि मेरो पवित्र नामको अनादर गर्‍यो भने म त्‍यसको विरुद्धमा खडा हुनेछु र त्‍यसलाई मेरो जन ठान्‍नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले आफ्‍नो बालक मोलोखलाई चढ़ाउँदा मेरो पवित्रस्‍थान र पवित्र नाउँलाई अपवित्र गर्छ। यसकारण त्‍यसको विरोध गरेर म त्‍यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्‍कार गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो अनुहार त्यस मानिसको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई त्यसका मानिसहरूबाट बहिष्कार गर्नेछु; किनकि त्यसले आफ्ना छोराछोरीहरू मोलेखलाई दिएर मेरो पवित्रस्थान बिटुलो पारेको छ। अनि मेरो पवित्र नामलाई अपवित्र तुल्याएको छ।
Nepali ERV (पवित्र बाइबल)
म त्यस मानिसको विरोधमा हुनेछु। उसलाई म आफ्ना मानिसहरूबाट छुट्‌याउनेछु। किन? किनभने उसले आफ्ना नानीहरू मोलेकलाई दिन्छ अनि यसरी मेरो पवित्र नामको सम्मान गरेन अनि मेरो पवित्र स्थानलाई अशुद्ध बनाउँछ।