Leviticus 20:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो, त्यसको पूरा परिवार र मसित अविश्वासी बनेर मोलेखलाई पुज्ने काममा त्यसलाई साथ दिने सबैजनाका विरुद्धमा म आफैं खडा हुनेछु। तिनीहरूलाई म आफ्ना जन ठान्नेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म त्यस मानिस र त्यसको परिवारको विरोध गर्नेछु, र त्यसलाई र त्यसको साथमा मोलोख पछि लागेर आफूलाई वेश्यासमान बनाउने सबैलाई आफ्ना मानिसहरूबाट म बहिष्कार गरिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो अनुहार त्यस मानिस र त्यसको परिवारको विरुद्धमा पार्नेछु। अनि म त्यसलाई र आफैँलाई मोलेखसित व्यभिचार गर्न त्यसको पछि-पछि लाग्ने सबैलाई तिनीहरूका मानिसदेखि बहिष्कार गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
म त्यस मानिसलाई साथै त्यसको परिवारलाई विरोध गर्नेछु। म तिनलाई तिनको आफ्नै मानसिहरूबाट अलग गर्नेछु। ती सबै मानिसहरू जो मोलेकको पूजा गर्न प्रभावित भएका थिए, म तिमीहरूलाई तिमीहरूको आफ्नै मानिसहरूबाट अलग गर्नेछु।