Leviticus 20:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यी तलका नियमहरू दिनुभयो, जसले आफ्‍ना बुबा वा आफ्‍नी आमालाई सराप्‍दछ, त्‍यसलाई मार्नू। आफ्‍नो मृत्‍युको लागि त्‍यो आफैं जिम्मेवार हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘जसले आफ्‍ना आमा-बुबालाई सराप्‍छ त्‍यो मारिनैपर्छ। आफ्‍ना आमा-बुबालाई सरापेको कारण त्‍यसको अपराध त्‍यसकै शिरमाथि परोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि कसैले आफ्ना बुबालाई अथवा आमालाई सराप्छ भने त्यो मारियोस्। किनकि त्यसले आफ्नो बुबा वा आमालाई सरापेको छ; अनि त्यसको रगत त्यसकै शिरमाथि परोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले आफ्नो आमा अथवा बाबुलाई सराप दिन्छ भने त्यास मानिसलाई मारिनुपर्छ। जब उसले आफ्नो आमा-बाबुलाई सराप दिएको कारण उसको मृत्युको जिम्मावारी ऊ आफैं हुनेछ। व्यभिचारका पापहरूको निम्ति दण्ड