Leviticus 21:12 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो पवित्रस्‍थानबाट बाहिर ननिस्‍किओस्, र त्‍यसले आफ्‍ना परमेश्‍वरको पवित्रस्‍थान अपवित्र नपारोस्, किनभने परमेश्‍वरका अभिषेकको तेलले त्‍यसलाई चोख्‍याएको छ। म परमप्रभु हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त त्यसले पवित्रस्थानलाई छोडोस्, अथवा त्यसलाई दूषित पारोस्। किनकि परमेश्‍वरको अभिषेकको तेलले त्यसलाई अर्पण गरिएको छ। म नै याहवेह हुँ।
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।