Leviticus 21:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर शरीरमा खोट रहेका कारणले त्यो पवित्र पर्दा वा वेदीको नजिक नआओस्। त्यसले यी पवित्र कुराहरूलाई अपवित्र नपारोस् किनभने म परमप्रभु हुँ अनि तिनीहरूलाई पवित्र पार्दछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्यसमा खोट भएकोले त्यसले पर्दा र वेदीको नजिक आएर मेरो पवित्रस्थान अपवित्र नपारोस्। तिनीहरूलाई पवित्र पार्ने परमप्रभु म नै हुँ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसमा खोट भएको हुनाले त्यो मेरो पवित्रस्थानलाई दूषित पार्नलाई पर्दानिर अथवा वेदीको नजिक नआओस्। तिनीहरूलाई पवित्र पार्ने याहवेह म नै हुँ।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर अति पवित्र स्थानमा पर्दाबाट जान सक्तैन अनि वेदीको नजिक पनि जानु सक्तैन। किन? किनभने उसलाई केही खोट लागिको छ र उसले पवित्र स्थानलाई अपवित्र पार्नु हुँदैन। म परमप्रभुले ती स्थानहरू पवित्र पारेको छु।”