Leviticus 21:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ पवित्र रहनुपर्छ अनि उसले मेरो नामको अनादर नगरोस्। उसले मलाई अन्नबलि चढाउँदछ र ऊ पवित्र हुनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना परमेश्वरको निम्ति तिनीहरू पवित्र रहून्, अनि आफ्ना परमेश्वरको नाउँ अपवित्र नगरून्, किनकि तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलि, अर्थात् परमेश्वरको भोजन चढ़ाउने गर्दछन्। यसकारण तिनीहरू पवित्रै रहून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्ना परमेश्वरका निम्ति तिनीहरू पवित्र रहून्, र आफ्ना परमेश्वरको नाम अपवित्र नपारून्। किनकि तिनीहरूले याहवेहका निम्ति आगोद्वारा चढाइएको बलि, आफ्ना परमेश्वरको भोजन चढाउने गर्दछन्। यसकारण तिनीहरू पवित्र रहून्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू आफ्नो परमेश्वरको नाममा सम्मान देखाउनु पर्छ। किन? किनभने तिनीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिहरू चढाउँछन जो तिनीहरूको परमेश्वरको निम्ति खाद्य हो। यसर्थ उनीहरू पवित्र रहनुपर्छ।