Leviticus 21:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारी पवित्र जन हो, उसले वेश्‍या भइबसेकी स्‍त्री वा कन्‍ये कुमारी नरहेकी केटी वा लोग्‍नेले छोडेकी स्‍त्रीलाई विवाह नगरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तिनीहरूले कुनै वेश्‍या वा बिग्रेकी स्‍त्री अथवा पतिले त्‍यागेकी स्‍त्रीलाई नल्‍याऊन्, किनभने पूजाहारीहरू आफ्‍ना परमेश्‍वरको निम्‍ति पवित्र छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तिनीहरूले वेश्यावृत्तिको कारण अपवित्र भएकी अथवा पतिद्वारा त्यागिएकी स्त्रीहरूलाई विवाह नगरून्। किनकि पुजारीहरू आफ्ना परमेश्‍वरका निम्ति पवित्र हुन्।
Nepali ERV (पवित्र बाइबल)
“पूजाहारीले परमेश्वरलाई विशेष रूपले सेवा गर्छ यसकारण तिनीहरू कुनै वेश्या, कुनै अरू मानिससित सहवास गरेकी स्त्री अथवा कुनै मानिसले त्योगेकी स्त्रीसित बिहे नगरून्।