Leviticus 22:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पूजाहारी परिवारका सदस्यले मात्र पवित्र भेटीका थोक खान सक्छ, अरू कसैले ती खान सक्दैन। पूजाहारीसित बस्ने वा उसले ज्यालामा काम लगाएका मानिसले पनि ती खान सक्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘पूजाहारीको परिवारबाहेक जुनसुकै मान्छेले पवित्र थोक नखाओस्, न त पूजाहारीको पाहुना वा ज्यालादारी नोकरले पवित्र थोक खाओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘पुजारीको परिवार बाहिरको मानिस कसैले पनि पवित्र भेटीहरू नखाओस्; न त पुजारीको पाहुना अथवा ज्यालादारी मजदुरले त्यो खाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीसित बस्ने पाहुना अथवा ज्यालामा काम गर्न आएको मजदूरले पवित्र भोजन खान हुँदैन, पूजाहारीको परिवारले मात्र पवित्र भोजन खान सक्छन्।