Leviticus 22:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीकी छोरीले अर्को पूजाहारीसित विवाह नगरी अरू कोही पुरुषसित विवाह गरी भने त्‍यसले पवित्र भेटीका थोक खान सक्‍नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीकी छोरी अरू कुलको कुनै पुरुषसित विवाह भएकी छे भने त्‍यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कुनै पुजारीकी छोरीले पुजारीसँग नगरी अरूसँगै विवाह गरेकी छे भने त्यसले पवित्र भेटीको भाग नखाओस्।
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीकी छोरीले अर्को परिवारको मानिससँग पनि बिहे गर्न सक्छे। यदि उसले यसो गर्छे भने उसले बलिबाट निकालिएको पवित्र खाद्य खान सक्दिन।