Leviticus 22:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विदेशीबाट लिएको कुनै पशु अन्नबलिको रूपमा नचढाउनू। त्यस्तो पशु खोट ठहरिन्छ र ग्रहणयोग्य हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै परदेशीबाट लिएर पनि यस्तो कुनै पशु परमेश्वरको भोजन स्वरूप नचढ़ाउनू। तिनीहरूमा भएका अङ्गभङ्ग र खोटले गर्दा, ती तिमीहरूका निम्ति ग्रहणयोग्य हुनेछैन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले यस्ता पशुहरू परदेशीको हातबाट ग्रहण गरेर तिनीहरूलाई आफ्ना परमेश्वरको भोजनस्वरूप नचढाउनू। ती तिमीहरूका पक्षमा ग्रहण गरिनेछैनन्; किनकि ती कुरूप र दोषसहित छन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
“यस्ता प्रकारका पशुहरू विदेशीहरूबाट आफ्ना परमेश्वरलाई खाद्यको रूपमा चढाउन न ल्याऊ। किनभने ती पशुहरू घाइते छन् तिनीहरू खोट लागेका छन् अनि ग्रहण योग्य हुँदैनन्।”