Leviticus 22:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[4-5] “हारूनका कुनै छोरा-नातिलाई डरलाग्दो छालाको रोग, प्रमेह रोग लागेको छ भने त्यो विधिअनुसार शुद्ध नभइञ्जेल त्यसले कुनै पवित्र भेटीको थोक नखाओस्। कुनै लाश छोई अशुद्ध भएको कुरा पूजाहारीले छोएको छ भने वा कुनै अशुद्ध पशु वा मानिसलाई छोएको छ भने वा उसको वीर्यपतन हुन्छ भने ऊ अशुद्ध हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘हारूनका सन्तानमध्ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने, त्यो शुद्ध नहोउञ्जेल पवित्र थोकहरूबाट त्यसले केही नखाओस्। लाश छुने, धातु रोगीलाई छुने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यदि हारूनको कुनै सन्तानको सरुवा छालारोग अथवा वीर्यपतन भएको छ भने शुद्ध नभएसम्म त्यसले पवित्र भेटीबाट नखाओस्। त्यसले लासद्वारा अथवा वीर्यपतन भएको कसैद्वारा अशुद्ध पारिएको केही छोयो भने पनि त्यो अशुद्ध हुनेछ,
Nepali ERV (पवित्र बाइबल)
“यदि हारूनका सन्तानहरू मध्ये कसैलाई छालाको डरलाग्दो रोग अथवा धातु स्त्राव रोग छ भने ऊ शुद्ध नहोउञ्जेलसम्म पवित्र खाद्य खान सक्दैन। यो नियम सबै अशुद्ध पूजाहारीहरूको निम्ति हो। पूजाहारीले शुद्ध हुन सक्छ जब ऊ मरेको शरीर छुन्छ अथवा आफ्नो स्राव गराउँछ।