Leviticus 23:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो भेटी परमेश्‍वरलाई नचढाएसम्‍म तिमीहरूले नयाँ अन्‍न काँचो वा पोलेर वा रोटी बनाएर पनि नखानू। आउँदा दिन सदासर्वदा यो नियम तिम्रा सन्‍तानले मान्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू यो बलि आफ्‍ना परमेश्‍वरको निम्‍ति जुन दिनसम्‍म ल्‍याउँदैनौ त्‍यस दिनसम्‍म रोटी, भुटेको अन्‍न र हरियो बाला केही नखानू। तिमीहरूले जहीँ बसोबास गरे तापनि तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यी बलिहरू आफ्ना परमेश्‍वरकहाँ नल्याएसम्म तिमीहरूले कुनै रोटी, भुटेको अन्‍न अथवा नयाँ अन्‍न नखानू। तिमीहरू जहाँ बसे तापनि यो भावी पुस्ताका लागि एउटा सधैँ रहिरहने विधि हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले परमप्रभुलाई नयाँ फसल उपहार नचढाएसम्म तिमीहरूले रोटी, भूटेको अन्न, अथवा ताजा अन्नहरू खानु हुदैन। तिमीहरू जहाँ बसे पनि यी नियमहरू पुस्ता पुस्तासम्म चलि रहनेछन्।