Leviticus 23:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन आफ्‍नो सधैँको दैनिक काम कसैले नगर्नू तर सबैजना उपासनाको निम्‍ति एक साथ भेला हुनू। तिम्रा सन्‍तानले तिनीहरू जहीँ बास गरे तापनि यो नियम, आउँदा दिनहरूमा सदाकालको निम्‍ति मान्‍नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन पवित्र सभा हो भनी तिमीहरूले घोषणा गर्नू। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू। तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो अनन्‍तको विधि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यही दिन तैँले एउटा पवित्र सभाको घोषणा गर्नू; तर दैनिक काम नगर्नू। तिमीहरू जहाँ बसे तापनि पुस्तौँ-पुस्ताका लागि यो एउटा सधैँ रहिरहने विधि हो।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ।