Leviticus 23:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस महिनाको नवौँ दिन बेलुका घाम डुबेपछि भोलिपल्ट घाम डुब्ने बेलासम्म त्यस दिनलाई एउटा विशेष विश्राम दिन मान्नुपर्छ र केही कुरा खानुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका निम्ति यो विशेष विश्रामको शबाथ होस्, र तिमीहरूले आफू-आफूलाई इन्कार गर्नू। त्यस महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्ट साँझसम्म तिमीहरूले आफ्नो शबाथ पालन गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो तिमीहरूका निम्ति शब्बाथ विश्रामदिन हो। अनि तिमीहरूले आफूलाई इन्कार गर्नू। महिनाको नवौँ दिनको साँझदेखि भोलिपल्टको साँझसम्म तिमीहरूले आफ्ना शब्बाथ पालन गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”