Leviticus 23:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
(यी धार्मिक चाडहरू हुन् जब तिमीहरू उपासनाको निम्‍ति भेला हुनेछौ र दिनहुँ चाहिएअनुसार आगोद्वारा चढाइने भेटीहरू, होमबलि, अन्‍नबलि, बलिदानहरू र मद्यबलिहरू चढाएर परमप्रभुलाई आदर गर्नेछौ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(“ ‘पवित्र सभा स्‍वरूप तिमीहरूले घोषणा गर्नुपर्ने परमप्रभुका तोकिएका चाड़हरू यी नै हुन्‌। यी चाड़मा परमप्रभुको निम्‍ति तिमीहरूले आगोद्वारा चढ़ाइने होमबलि, अन्‍नबलि, बलिदान र अर्घ-बलि ठीक-ठीक दिनमा चढ़ाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(“ ‘याहवेहका तोकिएका चाडहरू यिनै हुन्, जसलाई तिमीहरूले याहवेहकहाँ आगोद्वारा चढाइने बलि—होमबलि र अन्‍नबलि र प्रतिदिन चढाइनुपर्ने बलिदानहरू र अर्घबलिहरू ल्याउनका लागि पवित्र सभा भनी घोषणा गर्नू।
Nepali ERV (पवित्र बाइबल)
“परमप्रभुको विशेष चाडहरू यी नै हुन्। यी दिनहरूमा पवित्र सभाहरू हुनेछन्, तिमीहरूले परमप्रभुलाई आगोबाट बलिहरू चढाउनेछौ। होमबलि, अन्नबलि, अर्धबलिहरू अरू अन्य बलिदानहरू चढाउँनेछौं। ती बलिहरू तिमीहरूले ठीक समयमा चढाउनेछौ।