Leviticus 23:39 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफ्‍ना खेतका अन्‍न बटुलिसकेपछि सातौँ महिनाको पन्‍ध्रौँ दिनमा सुरु गरेर यो चाड सात दिनसम्‍म मान्‍नू। पहिलो दिन विशेष विश्रामको दिन हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा आफ्‍नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्‍म परमप्रभुको निम्‍ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामदिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो।
Nepali ERV (पवित्र बाइबल)
“सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ।