Leviticus 23:40 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन आफ्‍ना रूखका सबैभन्दा असल केही फलहरू र खजुरका र पात भएका रूखका हाँगाहरू लिनू र परमप्रभु तिमीहरूका परमेश्‍वरको आदर गर्नलाई यो धार्मिक चिन्‍ह मान्‍न सुरु गर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहिलो दिन तिमीहरूले रूखहरूका असल-असल फल, खजूरका हाँगाहरू, धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने सात दिनसम्‍म खुशी मनाउनू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो दिन तिमीहरूले विशाल रूखका हाँगाहरू—खजूरका रूखबाट धेरै पात हुने रूखहरू र लहरे पीपलको रूखबाट याहवेह तिमीहरूका परमेश्‍वरका सामु सात दिनसम्म आनन्द मनाउनू।
Nepali ERV (पवित्र बाइबल)
पहिलो दिनमा तिमीहरूले फलको बोटहरूबाट राम्रो राम्रो फलहरू बटुल्नु पर्छ अनि खजूरको हाँगाहरू, मोटो पातभएका रूखहरूका हाँगाहरू र खोलाको किनारमा हुने लहरे-पीपलका हाँगाहरू बटुलेर परमप्रभु तिमीहरूका परमेश्वरकोअघि सात दिन आनन्द मनाउनु पर्छ।