Leviticus 24:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[10-11] एक जना मानिस थियो। त्‍यसका बुबा मिश्री र आमा इस्राएली थिए। आमाको नाम शलोमीत थियो अनि त्‍यो दान कुलका दिब्रीकी छोरी थिई। त्‍यस मानिसको एक जना इस्राएलीसित छाउनीमा झगडा भयो। झगडा भएको बेलामा त्‍यस मानिसले परमेश्‍वरलाई सराप्‍यो र त्‍यसलाई तिनीहरूले मोशाकहाँ लगे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक जना मिश्री बुबा र इस्राएली आमाको छोरो इस्राएलीहरूका माझमा गएको थियो। त्‍यस इस्राएली स्‍त्रीको छोरो र एक जना इस्राएली पुरुष छाउनीभित्र आपसमा झगड़ा गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब एउटी इस्राएली आमा र इजिप्टियन बुबाको छोरा इस्राएलीहरूको बीचमा गयो। अनि त्यस इस्राएली स्त्रीको छोरा र इस्राएलीहरू बीचको छाउनीमा झगडा सुरु भयो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएली आमा र मिश्री पिताको एकजना छोरा थियो जो इस्राएलमा बस्थ्यो। त्यो मानिस इस्राएलीहरूको माझमा थियो अनि एक दिन उसले अर्को इस्राएलीसित लडाइँ गर्नु शुरू गर्यो।