Leviticus 24:11 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस इस्राएली स्त्रीको छोराले पवित्र नाउँको निन्दा गरेर सराप्न लाग्यो, र मानिसहरूले त्यसलाई मोशाकहाँ ल्याए। त्यसकी आमाको नाउँ शलोमीत थियो। त्यो दानका कुलको दिब्रीकी छोरी थिई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएली स्त्रीको छोराले सरापेर याहवेहको निन्दा गर्यो। त्यसकारण तिनीहरूले त्यसलाई मोशाकहाँ ल्याए। (त्यसकी आमाको नाम शलोमीत थियो, जो दान कुलको दिब्रीकी छोरी थिइन्।)
Nepali ERV (पवित्र बाइबल)
इस्राएली आमाको छोरोले सराप्दै परमप्रभुको नामको नराम्रो कुरा गर्यो अनि मानिसहरूले उसलाई मोशाकहाँ ल्याए। (आमाको नाम शलोमीत थियो अनि तिनी दान कुलकी दिब्रीकी छोरी थिइन्।)