Leviticus 24:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यस मानिसलाई छाउनीदेखि बाहिर लैजा। त्‍यसले सराप दिएको ज-जसले सुने, तिनीहरूले त्‍यो दोषी हो भनी साक्षी दिँदै त्‍यसको टाउकोमा आ-आफ्‍ना हात राखून्। त्‍यसपछि सारा समूहले त्‍यसलाई ढुङ्गाले हिर्काएर मारून्‌।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस सराप बक्‍नेलाई छाउनीदेखि बाहिर लैजा, र त्‍यसले भनेका कुरा सुन्‍नेहरू सबैले आ-आफ्‍ना हात त्‍यसको टाउकोमा राखून्‌। त्‍यसपछि जम्‍मै समुदायले त्‍यसलाई ढुङ्गा हानेर मारून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यस ईश्‍वर निन्दकलाई छाउनीबाहिर लैजानू। त्यसले बोलेका सुन्‍नेहरू सबैले त्यसको शिरमाथि हात राखून्। अनि सारा समुदायले त्यसलाई ढुङ्गाले हानून्।
Nepali ERV (पवित्र बाइबल)
“मानिसलाई ल्याऊ जसले शिविरबाहिर सराप्यो। ती जसले उसको सराप सुने तिनीहरूलाई पनि बोलाऊ अनि ती तिनीहरूले आफ्ना हात उसको टाउकोमा राख्नु पर्छ। तब इस्राएलको सम्पूर्ण समुदायले उसमाथि मरूञ्जेसम्म ढुङ्गाले हिर्काउनु पर्छ।