Leviticus 24:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसले हड्डी भाँचिदिएको छ भने त्यसको पनि एउटा हड्डी भाँचिदिनू, त्यसले कसैको एउटा आँखा फुटाइदिएको छ भने त्यसको पनि एउटा आँखा फुटाइदिनू, कसैको दाँत झारिदिएको छ भने त्यसको पनि एउटा दाँत झारिदिनू। त्यसले अर्कालाई जस्तो चोट लाएको छ, त्यस्तै चोट त्यसलाई पनि लाइदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोटको साटो चोट, आँखाको साटो आँखा, दाँतको साटो दाँत, जसरी त्यसले कसैको अङ्गको नोक्सान गरिदियो त्यसलाई पनि त्यसरी नै गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हाड भाँचिदिएको सट्टा हाड; आँखाको सट्टा आँखा; दाँतको सट्टा दाँत। जसरी त्यसले अरूलाई चोट पारेको छ, त्यसरी नै त्यस मानिसलाई पनि चोट पारिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
हड्डी भाँचेको भए हुड्डी नै भाँची दिनुपर्छ एउटा आँखा फुटाई दिएको भए उसको पनि आँखा नै फुटाइदिन पर्छ र दाँत भाँची दिएको भए त्यसको पनि दाँत नै भाँची दिनुपर्छ। जे जस्तो चोट पारेकोछ त्यसलाई पनि त्यही गर्नुपर्छ।