Leviticus 24:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक बेलुका हारूनले ती जलाउनेछ र बिहानसम्‍म बालिराख्‍नेछ। हारूनले ती पानस करारको सन्‍दुकको सामुन्‍ने पर्दाको बाहिरपट्टि, जो महा-पवित्र स्‍थान हो, परमप्रभुको उपस्‍थितिमा बाल्‍नेछ। यो नियम सदाकालको निम्‍ति मान्‍नुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भेट हुने पालमा गवाहीको पर्दादेखि बाहिर परमप्रभुको सामु साँझदेखि बिहानसम्‍म हारूनले ती बत्तीहरू निरन्‍तर रेखदेख गरोस्‌। यो तिमीहरूका पुस्‍तौँ-पुस्‍तौँका लागि अनन्‍तको विधि होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समागम पालमा गवाही पर्दाको बाहिर हारूनले साँझदेखि बिहानसम्मै लगातार याहवेहको सामु बत्तीहरूको रेखदेख गरिरहोस्। यो भावी पुस्ताका लागि सदा रहिरहने विधि हुनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुअघि भेट हुने पालमा करार सन्दुकको पर्दा बाहिर साँझबाट बिहान नहुञ्जेलसम्म हारूनले निरन्तर बत्ती जलाऊन्। यो विधि तिमीहरूका सन्तान बाँचुञ्जेलसम्म सधैं चलिरहनेछ।